बैतडी : बैतडीको दशरथचन्द नगरपालिका ०४ सदरमुकाम गडीस्थित वीपी बास बसेको घरमा पुगेर गृहमन्त्री रमेश लेखकले घर पवित्र तीर्थ रहेको बताएका छन् । काँग्रेसका संस्थापक नेता वीपी कोइराला वास बसेको घरमा पुगेर केहीबेर बिश्राम गर्दै उनले सो कुरा बताएका हुन् ।
गृहमन्त्री लेखकले पहिलो जननिर्वाचित सांसद किशनलाल लेखक दुर्गादत्त जोशी, पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी र वीपि कोइराला बसेको घर सबै काँग्रेसजन र राजनीति गर्नेहरूका लागि पवित्र तीर्थका रुपमा रहेको प्रतिक्रिया दिएका छन् ।
नेपालको पहिलो निर्वाचन २०१५ सालमा बैतडी काँग्रेसका उम्मेदवार किशनलाल लेखकको चुनावी प्रचारप्रसारमा यहाँ पुगेका बेला कोइराला सो घरमा बसेका थिए ।
भारी मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी उद्धवदेव भट्टलाई पराजित गरेका लेखकको सदरमुकाम गडीस्थित सो घर तत्कालीन काँग्रेस नेताहरुको आश्रयस्थल बन्ने गर्दथ्यो ।
उक्त निर्वाचनमा डडेल्धुराबाट द्वारिकादेवी ठकुरानी, बैतडीबाट दुर्गादत्त जोशी र किशनलाल लेखक विजयी भएका थिए ।
२०१७ सालमा राजा महेन्द्रले वीपी कोइराला नेतृत्वको सरकार अपदस्थ गरी पञ्चायती ब्यवस्था सुरु गरेपछि भने किशनलाल लेखक, ललित चन्द, उद्धवदेव भट्ट लगायतले राजाको समर्थन गरेका थिए ।
प्रतिक्रिया