२०८२ असार २० गते शुक्रबार
ट्रेन्डिङ

दुई ठूला प्रतिस्पर्धी दलहरू मिल्नुको एउटै कारण व्यवस्थालाई जोगाउने र स्थायित्व कायम गर्ने हो : गृहमन्त्री लेखक

SansherOnline SansherOnline
बिहिबार १९, असार २०८२ १०:१६
दुई ठूला प्रतिस्पर्धी दलहरू मिल्नुको एउटै कारण व्यवस्थालाई जोगाउने र स्थायित्व कायम गर्ने हो : गृहमन्त्री लेखक

बैतडी : गृहमन्त्री रमेश लेखकले पछिल्ला ७० वर्षमा सात पटक संविधान परिवर्तन भएको उल्लेख गर्दै अबको संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक स्थायित्वतर्फ अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । बैतडीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले वर्तमान गठबन्धन राजनीतिक स्थायित्वका लागि बनेको स्पष्ट पारे ।

दुई ठूला प्रतिस्पर्धी दलहरू मिल्नुको एउटै कारण व्यवस्थालाई जोगाउने र स्थायित्व कायम गर्ने हो  गृहमन्त्री लेखकले भने अहिलेको सरकार सात बुँदे सहमतिअनुसार चलिरहेको छ । उनले परिवर्तनको जगमा समृद्ध नेपाल निर्माण सम्भव हुने विश्वास व्यक्त गरे । सरकारप्रति आएका गुनासालाई सम्बोधन गर्दै उनले साना समस्याहरू भए पनि समाधान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । हामी प्रतिस्पर्धी हौं तर अहिलेको सरकारको विकल्प छैन  गृहमन्त्री लेखकले भने ।

स्थानीय माग र समस्या उठान कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले झुलाघाट मोटरेबल पुल निर्माणका लागि भारतसँग समन्वय आवश्यक रहेको बताए ।

साथै महाकाली करिडोरमा बजेट अभाव रहेको उल्लेख गर्दै संघीय सरकारलाई आवश्यक बजेट विनियोजनको माग गरे । सभापति चन्दले जिल्ला अस्पताल बैतडीलाई ५० शैय्याको अस्पतालको रूपमा स्तरोन्नति गर्न माग गर्दै भौतिक संरचना तयार भए पनि जनशक्ति र व्यवस्थापन अभावमा अस्पताल कमजोर रहेको बताए ।

गृहनगर भ्रमण र पूजाआजा कार्यक्रम गृहमन्त्री लेखक पारिवारिक भेटघाट तथा प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजाका लागि बैतडी आइपुगेका हुन् । उनी असार २१ गते बैतडीबाट फर्किने कार्यक्रम रहेको छ । बैतडी नै गृहमन्त्री लेखकको जन्मथलो हो जसका कारण उनी यहाँका सामाजिक तथा राजनीतिक कार्यक्रमहरूमा सक्रिय सहभागी रहेका छन् ।

प्रतिक्रिया