२०८२ असार १९ गते बिहिबार
ट्रेन्डिङ

एसईईमा बैतडीमा ५२.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण, चार विद्यालयको नतिजा शून्य

SansherOnline SansherOnline
बुधबार १८, असार २०८२ १२:०६
एसईईमा बैतडीमा ५२.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण, चार विद्यालयको नतिजा शून्य

बैतडी : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बैतडीका ५२.२९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । एसईई सहभागी भएका १२८ सामुदायिक र ५ ओटा संस्थागत विद्यालयमध्ये चारओटा सामुदायिक विद्यालयहरुको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ ।

पुर्चौंडी नगरपालिकाको महादेव मावि त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय मावि कफाडी र शिवपूर्ण माविको नतिना शून्य आएको छ । यस्तै दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत मावि नगतडीको नतिजा शून्य आएको छ ।

सरस्वती संस्कृत माविको नतिजा गत बर्ष समेत शून्य आएको थियो । गत बर्ष जिल्लाभरी १८ ओटा विद्यालयको नतिजा शून्य आएकोमा यो बर्ष भने नतिजामा सुधार आएको छ ।

गत चैतमा सञ्चालन भएको एसईईमा ४ हजार ३०७ जना परीक्षार्थी मध्ये ४ हजार २ सय १८ जना सहभागी भएका थिए । परीक्षा फारम भरेका ८९ जना परीक्षामा अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया