२०८२ असार १५ गते आइतबार
ट्रेन्डिङ

सिगासमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

SansherOnline SansherOnline
शुक्रबार १३, असार २०८२ ०८:०७
सिगासमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

बैतडी : बैतडीको सिगाँस गाउँपालिका -२ खाते खर्केकी एक महिलाको घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको छ । अर्जुन माध्यमिक विद्यालय गाँजरीका कार्यालय सहयोगी जीतसिंह धामीकी धर्मपत्नी ४५ वर्षीय तारा देवी धामीको आज बिहानको घटनामा ज्यान गएको हो ।

तारा देवी बिहान करिब ८ बजे ताछे भीर भन्ने स्थानमा घाँस काट्न गएकी थिइन् । तर घर फर्किन ढिला भएपछि परिवारले खोजी थालेका थिए । वडा अध्यक्ष ठगेन्द्र सिंह ऐरका अनुसार स्थानीयले करिब सय मिटर तल भिरमा उनको शव देखेपछि तत्काल खबर गरेका थिए ।

घाँस काट्ने क्रममा चिप्लिएर लडेकी हुनसकने अध्यक्ष ऐरले भने यो घटना गाउँका लागि अत्यन्त पीडादायी बनेको छ ।

अल्पआयुमा ज्यान गुमाएकी तारा देवीको असामयिक निधनले परिवार छरछिमेक र समुदाय नै स्तब्ध भएको छ । घटनापछि गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया