बैतडी : बैतडीको सुर्नया गाउँपालिका ०८ सेला घर भएका २५ वर्षीय महेश साउँदको भारतमा सड़क दुर्घटनामा मृत्यु भएको छ ।
भारतको हरियाणास्थित पिपलिको एक होटलमा काम गर्दै आएका साउँदलाई बुधबार राति करिब ११ बजेतिर होटलबाट डेरातर्फ फर्किने क्रममा गाडीले ठक्कर दिएको थियो । घटनास्थलमै उनको मृत्यु भएको मृतकका काका रामबहादुर साउँदले जानकारी दिएका छन् ।
केही वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा रहेका साउँद एक महिना अघिमात्रै पुनः हरियाणा गएका थिए । परिवारको आर्थिक भार बोकेर भारत पसेका साउँदको अल्पायुमै ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ ।
मृतक साउँदका श्रीमती, पाँच वर्षे छोरा र बुवा छन् । घरको एक्लो कमाउने सदस्य गुमाएपछि परिवार विचल्लीमा परेको छ ।
स्थानीयबासीले युवा रोजगारीको सिलसिलामा विदेशिन बाध्य हुनु र यस्तो पीडादायी खबरले गाउँमा निरन्तर पिर थप्ने अवस्था रहेको जनाएका छन् ।
प्रतिक्रिया