२०८२ असार १५ गते आइतबार
ट्रेन्डिङ

बैतडीका ९ पालिकाले समयमै बजेट सार्वजनिक, मेलौलीको ढिलाइ, पाटनमा उपप्रमुखको संलग्नता बिना बजेट

SansherOnline SansherOnline
बुधबार ११, असार २०८२ ०८:०९
बैतडीका ९ पालिकाले समयमै बजेट सार्वजनिक, मेलौलीको ढिलाइ, पाटनमा उपप्रमुखको संलग्नता बिना बजेट

बैतडी : आगामी आर्थिक वर्ष २०८२| ०८३ का लागि बैतडी जिल्लाका १० स्थानीय तहमध्ये ९ पालिकाले समयमै बजेट सार्वजनिक गरेका छन् । तर मेलौली नगरपालिकाले भने अझै बजेट सार्वजनिक गर्न सकेको छैन ।

संविधान अनुसार असार १० भित्र स्थानीय तहहरूले आफ्नो बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । तर मेलौली नगरपालिका यो कानुनी समयावधिभित्र बजेट ल्याउन असफल भएको हो । प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दका अनुसार नीति तथा कार्यक्रम पारित भइसकेको छ भने बजेट असार १७ गते सार्वजनिक गर्ने तयारी भइरहेको छ । 

जिल्लाको पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाले ८८ करोड ३८ लाख ५० हजार ७१६ उपप्रमुख कौशिला चन्दद्वारा पेश गरिएको बजेट सर्वसम्मत रूपमा पारित भएको छ । 
 

यस्तै पाटन नगरपालिका  ६६ करोड ९३ लाख १७ हजारको बजेट पारित गरेको नगर प्रमुख गौरीसिंह रावलले बताए । उपप्रमुखको असहमतिका बीच नगरप्रमुखले बजेट सभामा पेश गरी बहुमतले पारित भएको बताइएको छ । पुर्चौंडी नगरपालिका  ६४ करोड १२ लाख । डिलाशैनी गाउँपालिका ६५ करोड २३ लाख ८५ हजार । सिगास गाउँपालिका ५५ करोड ९० लाख ७४ हजार १०९ । दोगडाकेदार गाउँपालिका ५२ करोड ६८ लाख ७४ हजार ६६४ ।  

यस्तै सुर्नया गाउँपालिका ४५ करोड २२ लाख १० हजार ५७ बजेट असार १६ गतेको गाउँसभाबाट बजेट पारित गर्ने तयारी रहेको उपाध्यक्ष मञ्जु बोहराले बताइन् । पञ्चेश्वर गाउँपालिका ४२ करोड ८२ लाख ३० हजार ।  शिवनाथ गाउँपालिका ३८ करोड ४८ लाख २७ हजार ४४५ पारित गरेका छन ।

जिल्लाका अधिकांश पालिकाले पूर्वाधार शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा बजेटको मुख्य जोड दिएका छन् । यद्यपि कतिपय पालिकामा राजनीतिक असहमति तथा समन्वयको अभावका कारण बजेट प्रक्रिया चुनौतीपूर्ण बनेको देखिन्छ ।

मेलौली नगरपालिकाको ढिलाइप्रति सर्वसाधारणमा चासो बढेको छ । अब यो नगरपालिका कुन कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउनेछ भन्ने प्रतीक्षामा सबैको ध्यान केन्द्रित छ ।

प्रतिक्रिया