बैतडी : नेकपा माओवादी केन्द्र बैतडीको पार्टी कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । जिल्ला सदरमुकाम गढी स्थित पार्टी कार्यालयमा साँझ साढे पाँच बजेतिर आगजनी भएको स्थानियले थाहा पाएका थिए ।
स्थानियले आगलागी भएको थाहा पाउने वित्तिकै प्रहरीलाई खबर गरेको थिए । खबर पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय र ससस्त्र प्रहरीको टोली आगलागी भएको ठाउँमा पुगेको थियो । दुईटै टोलीले आगोलाई नियन्त्रणमा लिइसको छ ।
आगजनीबाट पार्टी कार्यालयको एक कोठामा रहेका कागजात, कुर्चि, टेवल, र्याक जलेर नष्ट भएका छन् भने झ्याल र ढोकामा समेत क्षेतीपुगेको छ । कोठा भित्र केके समान थियो भन्ने बारे एकिन हुन सकेको छैन्।
क्षेतीको विवरण आउन बाकी रहेको र आगजनी कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया