बैतडी : सिगास गाउँपालिकाका उपाध्यक्ष धना धामीले आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड ९० लाख ७४ हजार १०९ को अनुमानित बजेट तथा कार्यक्रम गाउँपालिकाको १७ औँ गाउँसभाको दोस्रो बैठकमार्फत प्रस्तुत गर्नुभएको छ ।
उहाँले पेश गर्नुभएको बजेट अनुसार आयतर्फ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ करोड ६० लाख सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ८२ लाख ३० हजार रहेको छ । साथै नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड १० करोड ७३ लाख ९८ हजार १ सय ९ सवारी करबाट २९ लाख ७१ हजार सशर्त अनुदानतर्फ केन्द्र सरकारबाट २२ करोड ९९ लाख र प्रदेश सरकारबाट ७० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
आन्तरिक आम्दानीतर्फ गाउँपालिकाले ७६ लाख १५ हजार आर्जन गर्ने अनुमान गरिएको छ । भने चालु आर्थिक वर्षको बैंक मौज्दात ४ करोड ७० लाख ६० हजार रहेको छ । बजेटको विनियोजनतर्फ हेर्दा चालु खर्चका लागि ३७ करोड ४९ लाख ६७ हजार १ सय ९ कुल बजेटको ६७.७% र पुँजीगत खर्चका लागि १८ करोड ४१ लाख ७ हजार कुल बजेटको ३२.९३% छुट्याइएको छ ।
यसैबीच गाउँसभाको तेस्रो बैठक आउँदो असार १० गते गाउँसभा अध्यक्ष हरि सिंह धामीको अध्यक्षतामा हुने प्रमुख प्रशासनिक अधिकृत रघुनाथ अवस्थीले बताउनु भएको हो ।
प्रतिक्रिया