२०८२ जेठ ३२ गते शनिबार
ट्रेन्डिङ

सर्पदंशबाट शिक्षिकाको मृत्यु, शिक्षक समुदाय शोकमा

SansherOnline SansherOnline
शुक्रबार ३१, जेठ २०८२ ०९:०२
सर्पदंशबाट शिक्षिकाको मृत्यु, शिक्षक समुदाय शोकमा

बैतडी : बैतडीको सिगास गाउँपालिका–८ सिराडी स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा बसोबास गर्दै आएकी शिक्षिका पार्वती अवस्थीको सर्पदंशका कारण मृत्यु भएको छ । शिक्षिका अवस्थी कैलालीको गोदावरी नगरपालिका–८ स्थित शारदा माध्यमिक विद्यालय श्रीपुरमा कार्यरत थिइन् ।

बिहीबार साँझ सर्पले टोकेपछि उनलाई तत्कालै सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो । तर उपचारकै क्रममा राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शिक्षण पेशामा समर्पित र विद्यार्थीमैत्री व्यवहारका लागि परिचित अवस्थीको असामयिक निधनले शिक्षक समुदाय शोकमा डुबेको छ । उनको सम्झनामा कैलालीका विभिन्न शिक्षक संगठनहरूले शुक्रबार जिल्लाभरका शैक्षिक संस्थाहरूमा बिदा दिन आग्रह गरेका छन् ।

शिक्षक संघ, शिक्षक महासंघलगायतका संस्थाहरूले पार्वती अवस्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै, सर्पदंशजस्ता आकस्मिक घटनामा जनचेतना र उपचार पूर्वतयारीको आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रिया