२०८२ जेठ ३० गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा जिप दुर्घटना , ५०० मिटर तल खस्दा चालकले हाम फालेर ज्यान जोगाए

SansherOnline SansherOnline
मङ्गलबार २८, जेठ २०८२ ०८:२१
बैतडीमा जिप दुर्घटना , ५०० मिटर तल खस्दा चालकले हाम फालेर ज्यान जोगाए

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका–६ मुडेरीधार भिडेखोलास्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको छ । अत्तरियाबाट सुइलेकतर्फ गइरहेको सुप प्र ०१००१ च ३४७५ नम्बरको महेन्द्र बोलेरो पिकअप जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार उक्त जिप किराना सामान बोकेर गइरहेको थियो । उकालो चढ्ने क्रममा जिपले गति सम्हाल्न नसक्दा ब्याक भएर करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

दुर्घटनाको बेला गाडीमा बझाङको बित्थड गाउँपालिका २ निवासी चालक हरिस बहादुर खड्का मात्र रहेका थिए । उनले जिप खस्नुअघि हाम फालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । हाल चालक फरार रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया