बैतडी : बैतडीको दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँस्थित निङ्लाशैनी खेलमैदानमा जेठ २२ गते देखि हुन लागेको इण्डो नेपाल अन्तर्राष्ट्रिय मेलाले नेपालको सुदूर तथा भारतको कुमाउँ संस्कृतिलाई जगेर्ना गर्ने लक्ष राखेको छ । यसका साथै स्थानीय व्यापारलाई समेत प्रवर्धन गर्न मेलाको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी ९लख्खाभाई० ले बताउनुभयो ।
नेपालको सुदूरपश्चिम र भारतको कुमाउँ गड्वाल क्षेत्रको संस्कृतिमा थुप्रै समानाता छन् । त्यसैले स्थानीय संस्कृतिको आदानप्रदान गर्ने उद्देश्य सहित मेलाको आयोजना गरिउको उहाँले बताउनुभयो । जेठ २२ गते देखि २६ गते सम्म संचालन हुने मेलामा सुदूरपश्चिम र भारतका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने छ । सबैले मेला हेर्न सकुन भन्ने उद्देश्यले मेला प्रवेश निशुल्क गरिएको छ ।
ग्रामिण क्षेत्रमा उत्पादित स्थानीय संस्कृति झल्काउने वस्तुहरुका स्टलहरुले मेलाको आक्रषण थप्ने विश्वास गरिएको छ । देहिमाण्डौँमा लाग्ने इण्डो नेपाल अन्तर्राष्ट्रिय मेलाले यहाँको संस्कृतिका साथै व्यापार प्रवर्धनमा महत्वपुर्ण भुमिका खेल्ने दशरथचन्द नगरपालिका– २ का वडा अध्यक्ष सुर्य बोहराले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले यस्तो मेलाको कल्पना गरेका थिएनौँ, यो हाम्रा लागि तथा यस क्षेत्रका लागि खुसिको कुरा हो । यस अधि धार्मिक मेलामात्रै लाग्ने देहिमाण्डौँमा यस पटक संस्कृति झल्किने छ ।
दशरथचन्द नगरपालिकाको आयोजक रहेको मेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वैदेशिक व्यापार तथा निकासी प्रवद्धन केन्द्र ९टीइपीसी० को सहयोग तथा ग्वाल्लेक मिडिया ग्रुप प्रा।लि।को व्यवस्थापनमा हुन लागेको नगरप्रवक्ता अजब पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल भारतको समान संस्कृतिका साथै स्थानीय व्यापारलाई समेत मेलाले प्रवर्धन गर्ने छ ।
जेठ २२ गते मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम छ । यसका साथै उद्घाटमा भारतको उत्तराखण्ड विधानसभा सदस्य बिशनसिह चुफाल विशिष्ट अतिथि रहने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका अधिकास कलाकारहरु पाँच दिनको अवधिमा देहिमाण्डौँमा मेलामा आउने व्यवस्थापक ग्वाल्लेक मिडिया ग्रुप प्रा।लि।का सल्लाहाकार हेमबाबु लेखकले बताउनुभयो । उनले उहाँले भन्नुभयो, ‘सुदूरपश्चिमका अधिकाश कलाकार आउछन्, भारतको उतराखण्डका १८ देखि २० जना कलाकारले मेलामा साँस्कृतिक प्रस्तुती राख्ने छन् ।’ यसका साथै ग्रामिण क्षेत्रमा लुकेर बसेका प्रतिभाहरुलाई मेलामा विषेश स्थान दिइने लेखकले बताउनुभयो । यहाँको छलिया, हुड्केली, झोडा, चाँचरी, ढुस्को, धमारी, ठाडोखेल, सगुना फाग लगायतका मौलिक प्रस्तुतीहरु मेलाको आक्रषणका रुपमा रहनेछन् ।
स्वदेशी उद्योग व्यवसायको प्रवद्धन, नेपाली उत्पादन तथा सेवाहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुका बीच व्यवसायिक सम्बन्ध कायम गर्न समेत मेलाले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया