२०८२ जेठ २० गते सोमबार
ट्रेन्डिङ

बैतडीको सुर्नया–८ मा कार्यरत स्वास्थ्य इकाइ प्रमुख साउँदको निधन, गाउँ शोकमा

SansherOnline SansherOnline
शुक्रबार १७, जेठ २०८२ १०:१३
बैतडीको सुर्नया–८ मा कार्यरत स्वास्थ्य इकाइ प्रमुख साउँदको निधन, गाउँ शोकमा

बैतडी  ः बैतडीको सुर्नया गाउँपालिका–८ दोरास्थित कैलपाल सामुदायिक स्वास्थ्य इकाइका प्रमुख कृष्णबहादुर साउँदको निधन भएको छ ।

गाउँपालिका–८ कठमडास्थित आफ्नै घरमा उहाँको बिहीबार राति ११ बजे अचानक निधन भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।

तीन दिनअघि शरीरमा बिमिरा देखिएपछि साउँद डडेल्धुरा अस्पतालमा उपचारका लागि गएका थिए। अस्पतालबाट औषधी लिएर घर फर्केका साउँदको पेटमा पुन असहजता देखिएपछि फेरि अस्पताल जानु परेको थियो । त्यसपछि पनि औषधी ल्याएर फर्किएका साउँदको अन्तत बिहीबार राति निधन भएको महराले बताए ।

साउँद एक कुशल, जिम्मेवार र समुदायप्रति समर्पित स्वास्थ्यकर्मीको रूपमा चिनिन्थे। उहाँको निधनले सम्पूर्ण गाउँ शोकमा डुबेको छ ।

मृतक साउँदका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया