बैतडी : आज जेठ १५ गते १८ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । जसअन्तरगत बैतडीमा पनि स्थानीय छलीया झाँकी सहित गणतन्त्र दिवस भव्य रुपमा मनाइएको हो ।
दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीको स्थानीय छलीया झाँकीले गणतन्त्र दिवसमा छुट्तै उल्लास देखिएको थियो । बैतडी सदरमुकाम गोठलापानी देखि गढी सम्म आयोजना गरिएको प्रभातफेरीमा कर्मचारी, विद्यार्थी र स्थानीयको सहभागिता रहेको थियो । गढीस्थित जिल्ला समुन्वय समितिको सभाहलमा गणतन्त्रका उपलब्धिको समिक्षा गर्दै शुभकामना आदानप्रदान गरि मुल समारोहको कार्यक्रम सकिएको थियो । प्रतिनिधिहरुप्रति केही वितृष्ण देखिएपनि गणतन्त्रको उपलब्धिप्रति स्थानीय नागरिक भने उत्साहित देखिनछन् ।
जिल्ला प्रशासन कार्यालयसंगको समुन्वयमा जिल्ला समुन्वय समिति र दशरथचन्द नगरपालिकाले आयोजना गरेको मुल समारोहमा सहभागि वक्ताहरुले गणतन्त्रका उपलब्धिहरु अझै पनि पुर्ण रुपमा संस्थागत हुन नसकेको भन्दै यसलाई संस्थागत गरि व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए । बैतडीमा गणतन्त्र दिवसको अवसरमा जेठ १४ गतेदेखि विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
प्रतिक्रिया