गौरव चन्द - बैतडी : पाटन क्याम्पसमा स्ववियु स्वतन्त्र विद्यार्थी युनियनको पहलमा पहिलो पटक शैक्षिक क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरूको शैक्षिक अनुशासन समय व्यवस्थापन तथा आगामी योजना निर्माणमा सहयोग पुर्याउने उद्देश्यसहित स्ववियुले उक्त क्यालेन्डर सार्वजनिक गरेको हो । स्ववियु सभापति सञ्जय भण्डारीले शैक्षिक क्यालेन्डर विद्यार्थीहरूको दिगो भविष्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने शैक्षिक क्यालेन्डर केवल एक दस्तावेज होइन यो विद्यार्थीलाई आत्मअनुशासित जिम्मेवार र लक्ष्यप्रति प्रतिबद्ध बनाउने माध्यम हो । उनका अनुसार, क्याम्पसमा यस किसिमको अभ्यास पहिलो पटक भएको र यसले शैक्षिक वातावरण सुधार्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा क्याम्पस प्रशासन शिक्षक विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया