२०८२ जेठ २० गते सोमबार
ट्रेन्डिङ

नेपाली कांग्रेसलाई हिन्दु राष्ट्रसहितको ३३ बुँदे मागपत्र बुझाइयो

SansherOnline SansherOnline
आइतबार १२, जेठ २०८२ ०७:२२
नेपाली कांग्रेसलाई हिन्दु राष्ट्रसहितको ३३ बुँदे मागपत्र बुझाइयो

बैतडी  ः नेपाली कांग्रेस पार्टीलाई हिन्दु राष्ट्रको पुनःस्थापनालगायत ३३ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाइएको छ। बैतडीको कांग्रेस पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा जिल्ला सभापति चतुरबहादुर चन्दमार्फत सो मागपत्र पार्टी केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको हो ।

मागपत्र बुझाउने अभियानका संयोजक अमरबहादुर टेरले देशभर जनस्तरबाट उठेका आवाजहरुलाई समेट्दै यो अभियान सञ्चालन गरिएको जानकारी दिए । अब पार्टीहरूले जनताको आवाज गम्भीरतापूर्वक लिनुपर्ने समय आएको छ । टेरले भने धर्म देश र जनताको मागलाई बेवास्ता गर्न मिल्दैन। पार्टीहरूले आत्ममन्थन गर्दै जनताको माझमा जान ढिलो गर्नु हुँदैन ।

उनका अनुसार हिन्दु राष्ट्र पुनःस्थापनादेखि लिएर धार्मिक, सामाजिक, आर्थिक र शासकीय संरचनामा परिवर्तन माग गर्दै ३३ बुँदे माग प्रस्तुत गरिएको छ। अभियानलाई देशभर विस्तार गरिने र कांग्रेस पार्टीभित्र गहिरो छलफलको आवश्यकता रहेको उनको भनाइ छ।

मागपत्रका प्रमुख बुँदाहरू यसप्रकार छन् 

१। कांग्रेस पार्टीभित्र सनातनी हिन्दु संघको स्थापना
२। नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा
३। प्रदेश प्रणाली खारेज
४। सुधारिएको लोकतन्त्र
५। पक्षपाती आरक्षण र अनावश्यक भत्ता खारेज
६। गाजा खेती वैधानिक बनाउने
७। विज्ञान(प्रविधिमा आधारित आध्यात्मिक समाजवाद
८। सुन्दर गाउँ निर्माण र गोरक्षण
९। युवालाई नेतृत्वमा ल्याउने
१०। स्वदेशी उत्पादन र लगानी प्रवर्द्धन
११। नेपालमै रोजगारीको व्यवस्था
१२। उत्कृष्ट पर्यटन व्यवसाय विकास
१३। जलविद्युत, खानी र पानी प्रशोधन
१४। जडिबुटी प्रसोधन र महँगा बिरुवाको उत्पादन
१५। दिगो विकास
१६। श्रीपशुपतिनाथ र काठमाडौँको ऐतिहासिक महत्व
१७। नैतिकवान र जिम्मेवार नेताको खाँचो
१८। चुस्तदुरुस्त सरकारी सेवा
१९। व्यवहारिक र उपयोगी शिक्षा
२०। निःशुल्क आधारभूत सेवा
२१। विदेशी ऋणको भार हटाउने
२२। सरकारसँग पैचो प्रणाली
२३। पेट्रोलियम पदार्थमा उपभोक्ताको लगानी
२४। प्रकृति र सम्पदाको संरक्षण
२५। धर्म परिवर्तनमा रोक
२६। स्वास्थ्यवर्द्धक खाद्य उत्पादन
२७। टोलस्तरमा आपतकालीन कोष स्थापना
२८। मानव धर्मको पालना
२९। विद्युतीय सवारी साधनको प्रवर्द्धन
३०। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
३१। समानुपातिक प्रणाली खारेज, सांसद संख्या ७७ मा सीमित
३२। हिन्दु सम्राटको अवधारणा
३३। ‘सनातन बोर्ड’ गठन

संयोजक टेरले कांग्रेससँग आबद्ध सबै व्यक्तिलाई यसबारे गम्भीर भएर सोच्न आग्रह गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया