बैतडी ः बैतडीको सुर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको भीरबाट लडेर ज्यान गएको छ। घाँस काट्ने क्रममा शुक्रबार बिहान करिब ९ बजे भालुपण एकलकट्टा भन्ने स्थानको भीरबाट करिब डेढ सय मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त जानकारी मृतकका आफन्त रमेश बोहराले दिएका हुन्। सरिताका दुई छोरा छन् एक जना ७ वर्षका र अर्का जम्मा ६ महिनाका ।
दुःखद पक्ष के छ भने सरिता दुई वर्षअघि पनि घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । यसपटक भने दुर्भाग्यवश उनको ज्यान नै गयो ।
अब ६ महिनाको नानी आमाविहीन बनेको छ भने परिवारमा पीडा र अन्योल थपिएको छ ।
प्रतिक्रिया