बैतडी : बैतडीको सिगास गाउँपालिकाले राष्ट्रिय परिचयपत्र नबनाएका जेष्ठ नागरिक अशक्त र अपाङ्गता भएका व्यक्तिहरूको विवरण संकलन थालेको छ। जिल्ला प्रशासन कार्यालयको सहकार्यमा वैशाख १४ गतेदेखि २४ गतेसम्म वडा कार्यालयमार्फत विवरण संकलन भइरहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।
सरकारले सामाजिक सुरक्षा भत्ता बैंक खाता खोल्न र अन्य सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले विवरण संकलन सुरु गरिएको हो । साथै, नागरिकताको प्रमाणपत्रमा केरमेट झुत्रो वा नबुझिने समस्या भएका व्यक्तिहरूको नागरिकताको प्रतिलिपीका लागि समेत विवरण लिइँदैछ । गाउँपालिकाका नौ वटै वडा कार्यालयमार्फत संकलन कार्य भइरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीका अनुसार सदरमुकाम पुग्न नसक्ने वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको पहुँचलाई सहज बनाउन विवरण संकलन सुरु गरिएको हो । ६० वर्षमाथिका दलित र ७० वर्ष माथिका गैरदलित तथा अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर विवरण संकलन भइरहेको छ । संकलन गरिएको विवरण ढड्डासहित जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। त्यसपछि राष्ट्रिय परिचयपत्र बनाउने टोली स्वयं गाउँपालिकामा आएर नागरिकताको प्रतिलिपी र परिचयपत्र वितरण गर्ने बताइएको छ ।
अध्यक्ष धामीका अनुसार सेवाग्राहीलाई सदरमुकाम जानु नपर्ने गरी गाउँमै सेवा पु¥याउने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रतिक्रिया