बैतडी : बैतडी शिक्षा क्याम्पस साहिलेक बैतडीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अक्बर चन्द (अविषेक) निर्विरोध निर्वाचित भएका छन् । अनेरास्ववियुबाट उम्मेदवारी दिएका चन्दलाई अन्य प्रतिस्पर्धी नउभिएकोले उनी निर्विरोध निर्वाचित भएका हुन् ।
उम्मेदवारी दर्ताको समय दिउँसो २ बजेसम्म तोकिएको थियो तर अन्य कसैले उम्मेदवारी नदिएपछि चन्द निर्विरोध निर्वाचित भएको शिक्षा क्याम्पस स्रोतले जनाएको छ ।
स्ववियुका अन्य पदाधिकारीहरू पनि निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा जनक नाथ, सचिवमा धिरज जोशी, कोषाध्यक्षमा ममता टेलर र उपसचिवमा सन्तोष बोगटी निर्विरोध चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा हेमन्ती चन्द, मेघा बराल, चाँदनी वड र पुनम पन्त निर्विरोध निर्वाचित भएको अनेरास्ववियु बैतडीले जनाएको छ ।
प्रतिक्रिया