२०८२ असार ०१ गते आइतबार
ट्रेन्डिङ

बैतडीको पन्चेस्वर गाउँ पालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्राहिलाई सास्ती

SansherOnline SansherOnline
बुधबार ११, साउन २०७९ ०९:२४
बैतडीको पन्चेस्वर गाउँ पालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्राहिलाई सास्ती

आशिष् माल बैतडी । बैतडीको पन्चेस्वर गाउँ पालिकामा सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्राहिलाई निकै सास्ती भएको छ । बैतडीको  पन्चेस्वर गाउँपालिकामा रहेको नबिल बैन्क सबैको पायक पर्ने ठाउमा नहुदा समजिक सुरक्षा भत्ता पाउने सेवाग्रहिले सास्ती भोग्नु परेको छ ।यसरी जनताले सास्ती भोग्नुप्रदा पनि जनप्रतिनिधि हरुलाइ यो विषयमा कुनै चासो छैन । गाउपालिकाको वडा नम्बर ३ मा रहेको बैन्क मा सबैभन्दा बढी वडा न छ र सातका जनतालाइ भत्ता बुझन सास्ती हुने गरेको छ । नजिक बैंक नहुँदा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता बुझ्न असहज भएको हो।

गाउपालिकाले वडा नं ५र ६ लाइ गाउपालिका केन्द्र सङग पनि सडकले जोड्न नस्केको हुदा बैन्क बाट सेवालिनेहरु लाई झन सम्स्या हुने गरेको सेवाग्रही बताउछन ।अहिले धेरै जसो स्थानीय तहले बैन्क सङग सम्मुन्वय गरेर वडा वडा मा गएर समाजिक सुरक्षा भत्ता बितरण गरिरहादा पनि पन्चेस्वर का जनप्रतिनिधि हरुलाइ यो विषयमा कुनै चासो नै छैन ।

सरकारले बैंकबाट मात्रै सामाजिक सुरक्षा भत्ता बुझ्ने नियम बनाएपछि गाउपालिकाले पनि नोबेल बैंक मार्फत नै भत्ता बुझने निर्णय गरेको थियो ।
यो निर्णयले सेवाग्राही लाई सारै सम्स्या भएको र बैंक सङ्ग समुन्वय गरि वडामानै भत्ता बितरण गर्ने बतावरण मिलाइदिन भनि  पन्चेस्वरगाउँपालिका नेपाली काग्रेस बाट गाउँ पालिका अध्यक्षका उम्मेदवार बनेका रमेश सिह भन्डारिले गाउकार्यपालिकालाइ ध्यानाकर्षण पत्र दिएको थियो ।भने,“बैंकमा लामो समय लाइन बस्नुपर्छ, कहिले इन्टरनेट हुँदैन, कहिले बिजुलीको समस्या छ भन्छन् ।

कैले केही भन्छन तेसैले पन्चेस्वर गाउँपालिका सरकारले प्रतेक वडा वडा बाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न सहज बाताबरण गर्नु पर्ने नेपाली काग्रेस बाट गाउँपालिका अध्यक्षका उम्मेदवार रमेश भन्डारिले प्रेस बिग्यर्ती मार्फत गाउँपालिकाको ध्यानाकर्षण गराउनु भएको छ  । ध्यानाकर्षण पत्र दिए पनि गाउँकार्यपालिकाले अहिले सम्म कुनै सुनुवाइ गर्नु भएको छैन ।

प्रतिक्रिया