बैतडी : जात्राका लागि बैतडीमा २५ गते सार्वजनिक बिदा दिइएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाले आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको वडा नं ८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको हो ।
बिदाको दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बिस्टले जानकारी दिए । त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गर्छन् ।
हरेक बर्ष कार्तिक शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा हुने गर्दछ । यो जात्रामा हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।
प्रतिक्रिया