२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

एसइईको नतिजा प्रकाशन

SansherOnline SansherOnline
बुधबार ११, साउन २०७९ ०६:०२
एसइईको नतिजा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज प्रकाशन गरेको छ । कक्षा १० मा अध्ययन गर्ने २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी जम्मा ५ लाख १४ हजार ९७७ विद्यार्थीहरू मध्ये ४ लाख ९५ हजार ७ सय ५१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । बैशाख ९ देखि २० गतेसम्म देशभर एकसाथ २ हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । परीक्षा नियन्त्रण कार्यालयले यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको एसइई परीक्षाको नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जिपिए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २.८ देखि ३.२ जिपिए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ देखि २.८ जिपिए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका छन् । यसै गरी २.० देखि २.४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १ लाख १२ हजार ७३३ जना रहेको छ भने १.६ देखि २.० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १ लाख ५९४ जना रहेको छ । यस्तै १.२ देखि १.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ४४ हजार ५८६ जना रहेको छ भने ०.८ देखि १.२ जिपिए ल्याउनेको सङ्ख्या ३ हजार २८० जना रहेको छ । परीक्षामा २२ हजार ६४० जना अनुपस्थित रहेको बताइएको छ ।

​एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । नेपाल टेलिकमको १६०० नम्बरमा कल वा एसएमएस गरेर वा www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै अरू विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । एन.बी. मिडिया नेटवर्कले समेत अनलाइन सञ्चारमाध्यम  www.nepalbodh.com मा लग इन गरी नतिजा हेर्न सकिने सहज व्यवस्था गरेको छ ।

प्रतिक्रिया