२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

शैल्यशिखर नगरपालिका ९ गोकुलेस्वरमा बसपार्क नहुँदा गाडी  पार्किङ गर्न समस्या

SansherOnline SansherOnline
मङ्गलबार १०, साउन २०७९ ०६:०२
शैल्यशिखर नगरपालिका  ९ गोकुलेस्वरमा बसपार्क नहुँदा गाडी  पार्किङ गर्न समस्या

आशिस माल  बैतडी । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेस्वरमा बसपार्क नहुँदा गाडी  पार्किङ गर्न समस्या भएको छ । बसपार्क सानो र साघुँरो भएका कारणले यातायात साधनहरु बजारमै पार्किङ गर्नुपर्ने बाध्यता आएको छ । बजारमै यातायातका साधनहरु पार्किङ हुँदा बजारमा आएका सेवाग्राहीहरुलाई समस्या हुने गरेको छ । बजारमै गाडीहरू पार्किङ हुँदा दुर्घटना समेत हुन सक्ने ब्यापारी भुपेन्द्र मालले जानकारी दिनुभएको छ । अब बिबाद गर्ने भन्दा पनि यसको समयमै निशकर्ष निकाल्नु पर्ने गोकुलेस्वरमा लामो समय सम्म पसल सन्चालन गर्दै आएका व्यापारी मान बहादुर धामीले बताएका छन । धामीले भने राम्रो ठाउँमा,सबैलाई पायक पर्ने गरी नगरपालिकाले जग्गा खरीद गरेर बसपार्क छिटै संचालनमा ल्याउनु पर्ने बताए । 

शैल्यशिखर नगरपालिका नगरपालीका वडा नम्बर ९ गोकुलेस्वरमा जति नेता आए पनि भाषण मात्रै गर्छन काम गर्दैन्न यो भन्दा अगाडीका नगर प्रमुख अमर सिह धामीले पनि बषपार्क निर्माण गर्ने भने पनि बनाउन नसकको स्थानियको आरोप छ । दार्चुला जिल्लामा  स्थिति चमेलिया हाइड्रोपावर र देशकै सातौ धामको रुपमा रहेको मालिकार्जुन मन्दिर र दार्चुला जिल्लाको दोस्रो ठूलो बजारको रुपमा  रहेको  गोकुलेस्वर बसपार्कमा मानिसको आवतजावत पनि बाक्लो नै हुन्छ।

सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा आफ्ना निजी सवारीसाधन लगेर जानेहरूलाई झन् समस्या हुने गरेको छ। बसपार्क नहुँदा गाडी धेरै बेरसम्म रोक्न नसकिने यातायात व्यवसायीको गुनासो छ। बसपार्क नहुँदा आफूहरूले गोकुलेस्वर पुग्नेबित्तिकै फर्कनुपर्ने बाध्यता रहेको जिप व्यवसायी हरुको गुनासो रहेको छ।

प्रतिक्रिया