बैतडी : लेखापरीक्षण गर्न महालेखापरीक्षकको टोली बैतडी आईपुगेको छ । १० स्थानीय तह र सरकारी कार्यालयको लेखा परीक्षण गर्न परीक्षण टोली बैतडी पुगेको हो ।
बैतडीमा भए गरेका नियम विपरितका काम कारवाही भएको जानकारी वा गुनासो भए सम्पर्क गर्न महालेखा परीक्षक कार्यालयका निर्देशक छिरिङ लामाले आग्रह गरे । प्रमाणसहित जानकारी गराउदा सहज हुने तर प्रमाण नभई कुनै गुनासो वा जानकारी टिपाएपनि आफुहरुले सो विषयमा परीक्षण गर्ने निर्देशक लामाले बताए ।
कुनै गुनासो आएको अवस्थामा पनि सम्बन्धित कार्यालयसँग सोधपुछ गरेर प्रमाण जुटाउने उनले बताए । यस अवधिमा बैतडीका स्थानीय तह र सरकारी सबै कार्यालयका केही गुनासो, जानकारी र सूचना भए टिपाउन सक्नेछन् । त्यसपछि परीक्षणको टोलीले आवश्यक सोधखोज गर्नेछ ।
गुनासो, जानकारी र सूचना को लागि टोल फ्री नम्बर १८१०५००००६१ मा फोन गरेर रेकर्ड गराउनुहुन वा [email protected] मा इमेल गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया