बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका- २ कफलकोटमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
धनगढी देखि कफलकोट गइरहेको सुपप्र ०२००२ ख ०७३४ नम्बरको ट्रक आज (बिहीबार) साँझ सात बजेतिर दुर्घटना हुँदा सवारीधनी सुर्नया गाउँपालिका- ६ खर्काधारका जगदीश अवस्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर बलराम पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी चालक सुनयाँ गाउँपालिका– ५ का अमर अवस्थी र सहचालक सुक्लाफाटा नगरपालिका ५ कञ्चनपुरका राजेन्द्र राना घाइते भएका छन् । घाइतेहरुलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको पाण्डेले बताउनुभयो ।
अप्ठेरो कच्ची बाटो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ ।
प्रतिक्रिया