बैतडी : दशरथचन्द नगरपालिकाले अल्ट्रासाउण्ड सेवा सञ्चालन गर्ने भएको छ । अब स्वास्थ्य संस्थाहरुबाट ग्रामीण अल्ट्रासाउण्ड सेवा साप्ताहिक रुपमा प्रदान गर्ने तयारी गरेको हो ।
नगरपालिकालाई स्वास्थ्य सेवा विभागबाट ग्रामीण अल्ट्रासाउण्ड मेसिन प्राप्त भएको र अब धेरै ठाउँको पायक पर्ने संस्थाबाट साप्ताहिक रुपमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन गर्ने तयारी भइरहेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले बताए । सेवा सुरु भएपछि नियमित स्वास्थ्य परीक्षण गरी आमा र शिशुको स्वास्थ्य अवस्थाको जानकारी हुने र कुनै समस्या देखिएमा तत्कालै उपचार गर्न सकिने भएकाले आमा र बच्चा दुबैका लागि सहयोगी हुने स्वास्थ्य शाखा प्रमुख जोशीले जानकारी दिनुभयो ।
ग्रामीण अल्ट्रासाउण्ड मेसिन सञ्चालन गर्ने जनशक्ति कम भएकाले पालिकालाई सेवा विस्तारमा केही असहज भएपनि सेवा विस्तार गर्ने योजना रहेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । भदौ दोश्रो साता स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गरिने र त्यसबाट कुन स्वास्थ्य संस्थामा मेसिन राखेर ग्रामीण अल्ट्रासाउण्ड सेवा धेरैलाई दिन सकिन्छ सोही संस्थाबाट उक्त सेवा प्रदान गरिने जोशीले बताए ।
अब तालिम प्राप्त जनशक्तिको अभाव रहेको बताइएको छ ।
प्रतिक्रिया