बैतडी : पुर्चौडी नगरपालिकाको केन्द्र जोड्ने एउटा मात्रै सडक श्रीभावर-हाट सम्मको सडक खण्डको विभिन्न ठाउमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुहरुलाई समस्या भएको हो। श्रीभावर ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताएका छन् । शनिबार रातिदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।
श्रीभावर–हाट सडकको खामोहाले, गोफाखोला नजिक, सनगाउँ, बडगाउँ विद्यालय नजिकै पहिरो खसेको छ । चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरु समेत ढोल्यामोडबाट पैदल हिँड्न बाध्य भएका बताइको छ । उक्त सडकमा खसेको पहिरो पन्छ्याउनका लागि कसैले पहल नगरेको स्थानीयहरुले गुनासो गरेका छन् ।
नगरपालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध हुँदा दैनिक सैयौं यात्रुहरुले सास्ती भोग्नुपरीरहेको स्थानीयहरुले बताएका छन् ।
प्रतिक्रिया