बैतडी : कार्यसम्पादन मूल्यांकनमा बैतडी जिल्ला प्रशासन कार्यालयले ९१.३७५ अंक पाएको छ । देशभरीमा ७७ जिल्लामध्ये ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । बैतडी पनि सोही सूचीमा परेको हो ।
गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०÷८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा ९१.३७५ अंक बैतडीले पाएको छ ।
सार्बजनिक तथा जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित हुने केही मुद्धाहरुको समयमा नै फच्र्याैट हुन नसक्दा अपेक्षा अनुसारको अंकमा बढोत्तरी नभएको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिए ।
मन्त्रालयले पहिलो, दोश्रो, तेश्रो र चौथी त्रैमासिकमा परेको मुल्याकंन गर्ने गरेको छ ।
प्रतिक्रिया