बैतडी : नेकपा एमाले केन्द्रीय सचिवालयको विहिबारको बैठकले सबै केन्द्रीय सदस्यको कार्य विभाजन गरेको थियो । सचिवालय बैठकले बैतडीको इन्चार्जको जिम्मा केन्द्रीय सदस्य एवम निवर्तमान सुदुरपश्चिम प्रदेससभा सदस्य लिलाधर भट्टलाई दिएको छ ।
सचिवालय बैठकले यसअघि बैतडी इन्चार्ज पोलीटोव्यरो सदस्य निरुदेबी पाललाई कन्चनपुर इन्चार्जको जिम्मा दिएको छ । आईतबार पार्टी कार्यालयमा जिल्ला इन्चार्ज भट्टलाई कार्यकर्ताहरुले स्वागत गरेका छन् ।
पार्टीले दिएको जिम्मेवारीलाई आत्मसाथ गरी पार्टीका हरेक गतीविधीलाई अघी बढाईने ईन्चार्ज भट्टले बताउनु भयो ।
प्रतिक्रिया