२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

४२ औं वी.पी.स्मृति दिवस : नेविसंघद्वारा सिगाश शिक्षा क्याम्पस गाँजरीमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम

SansherOnline SansherOnline
आइतबार ०६, साउन २०८१ ०९:२८
४२ औं वी.पी.स्मृति दिवस : नेविसंघद्वारा सिगाश शिक्षा क्याम्पस गाँजरीमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम

बैतडी : बैतडीमा वीपी स्मृति दिवसको अवसरमा वृक्षारोपण गरि दिवस मनाइएको छ । कांग्रेसका संस्थापक वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सिगाश शिक्षा क्याम्पस गाँजरीमा आज सरसफाई तथा वृक्षारोपण गरिएको हो । 

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा बैतडीको सिगाश शिक्षा क्याम्पस गाँजरीमा वृक्षारोपण लगायतका कार्यक्रम गरि मनाइएको छ । क्याम्पसको प्राङ्गणमा रहेका फोहोरहरुको व्यवस्थापन गर्दै दिवस मनाइएको बैतडी जिल्ला सभापति बिरेन्द्र कुमार साउँदले जानकारी दिए ।

सभापति साउँदले नेविसंघमा आवद्ध विद्यार्थी नेताहरुलाई आफ्नो शैक्षिक जिवनलाई पनि निरन्तरता दिदै राजनितिक र सामाजिक कार्यमा चलायमान हुन जोड दिए । उनले विद्यार्थीहरुको हकहितको लागि मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय रहेने सन्देश दिनका लागि सरफाई तथा वृक्षरोपण कार्यक्रम गरिएको बताए ।

सरसफाई कार्यक्रममा  सभापति साउँद र नेविसंघमा आवद्ध विद्यार्थी लगायत नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको जनाइएको छ ।

 

प्रतिक्रिया