बैतडी : नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन पारेर नेपालमा भानुजयन्ती मनाउने गरिन्छ । आज भानु जयन्तीको अवसरमा मानसखण्ड साहित्यिक मञ्च बैतडीले प्रथम वार्षिकोत्सव तथा मा. वि. स्तरीय कविता प्रतियोगिता आयोजना गरेको हो । जिल्लाको पुर्चौडी नगरपालिका हाट पुर्चौडि बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रमको आयोजित गरेको थिए ।
कार्यक्रम को सभाध्यक्ष मानसखण्ड साहित्यिक मञ्च बैतडीका अध्यक्ष गगन सिह भण्डारी,प्रमुख अथिति पुर्चौडि नगरपालिका प्रमुख दिपक ब. बम, विशिष्ट अथितिमा नगरका उप प्रमुख मिना धानुक,पुर्चौडि बहुमुखी क्याम्पस प्रमुख राम दत्त जोशी,१ का वडा अध्यक्ष गणेश ब. गडाल रहेका थिए भने अथितिहरु, क्याम्पसका प्रध्यापक, विद्यालय का प्र अ तथा शिक्षक, विद्यार्थी, पत्रकार,पुर्चौडि बहुमुखी क्याम्पस स्वतंत्र विद्यार्थी युनियन प्रतिनिधि लगायत अन्य साहित्य प्रेमी हरुको सहभागिता रहेको मानसखण्ड साहित्यिक मञ्च बैतडीका सदस्य नबिन पन्तले जानकारी दिए ।
मानसखण्ड साहित्यिक मञ्च बैतडीका अध्यक्ष भण्डारिले एक बर्षमा गरेका गतिविधि र दुई लाख अठहत्तर हजारको आर्थिक बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए | पुर्चौडि नगरपालिका भित्र रहेका १९ वटा मा. वि. मध्ये ७ वटा विद्यालयका ७ जना सहभागी हरु मध्ये प्रथम भुमिराज मा वि गहताडका छात्र रोहित जागरी , दितिय डिलेश्वरि मा.वि हाटकि छात्रा सावित्री भण्डारी ,तृतीय गलिनाथ मा वि बडगाउका छात्र मनोज अवश्थीले भएका थिए । सहभागी विद्यार्थीहरु लाई सम्मान पत्र प्रदान गरियको र प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरु लाई पुरुस्कृत दिएको तथा अन्य सहभागी ४ विद्यालय हरुलाई नगर प्रमुख बाट व्यक्तिगत पुरुस्कार वितरण समेत गरियको साहित्यिक मञ्चका सह सचिव पारस भटृले जानकारी दिए ।
मानसखण्ड साहित्यिक मञ्च बैतडी लाई स्थापना देखि महत्वपूर्ण सहयोग गर्ने सहयोगी दाता हरुलाई मायाको चिनो सहित सम्मान पत्र वितरण गर्दै सम्मानित गरियको सचिव भटृले बताए ।
प्रतिक्रिया