२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

श्रमिकको योगदानको उचित कदर हुनेगरी काम गछौं ः श्रममन्त्री कुँवर

SansherOnline SansherOnline
आइतबार १९, असार २०७९ ०८:१६
श्रमिकको योगदानको उचित कदर हुनेगरी काम गछौं  ः श्रममन्त्री कुँवर

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदानको उचित मुल्यांकन हुनेगरी काम गर्ने प्रतिबद्धता गरेका छन् । मन्त्रालयमा आइतबार भएको सामाजिक सरक्षा कोष र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको ब्रिफिङ कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देश तथा विदेशमा रहेका सबै श्रमिकको उचित कदर हुनेगरी काम गर्ने प्रतिबद्धता गरेका हुन् । उनले श्रमिकको हक हित संरक्षणका लागि ट्रेड यूनियन र राजनितिक दलका भातृ संगठनले विरोध भन्दा पनि अनुशासित तरिकाले लाग्नु पर्ने बताए । उनले भने, म पनि श्रमिकको न्यायको पक्षमा काम गर्ने छु । त्यसैले बन्द, हड्ताल, ताला बन्दी भन्दा पनि शान्तिपूर्ण तरिकाले श्रमिकलाई न्यायको अनुभुति हुने काम गरौं । मन्त्री कुँवरले वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सले देशको रोयल्टी बढाउने काम गरेकाले उनीहरुको उचित मुल्यांकन हुनेपर्ने बताएका छन् । श्रमिकलाई काम गर्ने वातावरण सहज बनाउनका लागि कानुनमा भएका केही झन्झटीला प्रावधानलाई संसोधन गर्न पनि सहयोग गर्ने उनले बताए । त्यस्तै उनले खाडी मुलुकमा मात्रै नभएर भारतमा रहेका श्रमिकका समस्यालाई पनि ध्यानमा राखेर काम गर्न सन्बन्धित विभागलाई आग्रह गरेका छन् । कार्यक्रममा सामाजिक सरक्षा कोषले अहिलेसम्म गरेका काम र भएका उपलब्धीका साथै आगामि दिनमा गर्न सकिने कामको बारेमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञावालिले जानकारी गराएका थिए । त्यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको बारेमा विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी गराएका थिए । श्रममन्त्री कुँवर मन्त्री नियुक्त भएपछि मन्त्रालय अन्तरगतका विभिन्न विभागहरुको ब्रिफिङ लिइरहेका छन् ।

प्रतिक्रिया