२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

अविरल वर्षा : सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह

SansherOnline SansherOnline
आइतबार २४, असार २०८१ ०५:१२
अविरल वर्षा : सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह

बैतडी : विगत तीन दिन देखि परिरहेको अविरल वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा हुनसक्ने क्षतिप्रति जिल्ला प्रशासन कार्यालय बैतडीले सचेत गराएको छ । मौसम पुर्वानुमान महाशाखाले समेत अझै केही दिन वर्षा निरन्तर रहने जानकारी गराएकाले प्रशासनले जिल्लामा आम नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।

आईतबार प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले एक सूचना जारी गर्दै जिल्लावासीलाई सतर्कता अपनाउन आग्रह गरेका हुन् । 

प्रमुख जिल्ला अधिकारी शर्माले भारी वर्षाबाट हुने जोखिम न्यूनिकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न र विपद उद्दारमा खटिने टोलिलाई समेत तयारी अवस्थामा राखिएको बताउनुभयो ।

प्रतिक्रिया