२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

सिगासको ढुङगाडमा जोखिमको अवस्था कस्तो छ ? स्थानीय सरे विद्यालयमा

SansherOnline SansherOnline
शनिबार २३, असार २०८१ ०८:२६
सिगासको ढुङगाडमा जोखिमको अवस्था कस्तो छ ? स्थानीय सरे विद्यालयमा

बैतडी : सिगास गाउँपालिका ५ को ढुङगाडक्षेत्र जोखीममा परेको छ । सेती नदीमा पानीको बहाव बढेपछि ढुङगाडक्षेत्र जोखीममा परेको हो ।  

सेती नढीको बाढी बस्तीमा पस्ने खतरा बढेकाले स्थानीय सारदा माविमा सरेको वडाअध्यक्ष राजेन्द्र चन्दले बताए । पशु चौपायसहित स्थानीयहरु विद्यालयमा सरेको उनले जानकारी दिए । त्यहाँले स्थानीयहरुले प्रत्येक बर्ष बर्षातको समयमा समस्या बोग्दै आएका छन् । 

बस्तीमा पानी पसीसकेका बताइएको छ ।  बर्षा नरोकीएपछि ढुङगाडका स्थानीयहरु शनिवार साँझ ५ बजेतिर शारदा माध्यमिक विद्यालयमा सरेको हुन् । ‘पानी पर्ने क्रम रोकीएको छैन्, सेती नदीको सतह पनि उस्तै छ’ अध्यक्ष चन्दले भने ‘बालबालिका वृद्धवृद्धा असक्त व्यक्तिहरुलाई विद्यालयमा सारीएको छ ।’

 सेती नदीको सतह बढेपछि बस्तीमा पस्ने जोखीम बढेको छ । यसअघि पनि २०७८ कार्तिक महिनाको पहिलो साता परेको बेमौसमी बर्षाले सिगास गाउँपालिका ५ ढुङगाड लगायत क्षेत्रमा सेती नदीको बाढी पसेको थियो । वडा नम्बर ५, ६ र ७ का सेतिनदी किनारका बस्तिहरुमा जोखीम रहेकाले सतर्कता अपनाउन सिगास गाउँपालिकाले आग्रह गरिएको छ । 

 

 

प्रतिक्रिया