२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

दशरथचन्द नगरपालिकाले ११ वटै वडामा निशुल्क बाख्रा, कुखुरा र पोलिहाउस वितरण

SansherOnline SansherOnline
सोमबार १८, असार २०८१ ०८:४२
दशरथचन्द नगरपालिकाले ११ वटै वडामा निशुल्क बाख्रा, कुखुरा र पोलिहाउस वितरण

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले आर्थिक रुपमा पछाडी पारिएका, दलित, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जमामा सहयोग पुयाउन बाख्रा, कुखुरा तथा पोलिहाउस वितरण गरिरहेको छ ।

दशरथचन्द नगरपालिकाले दुई सय बढी विपन्न, दलित, अपाङ्गता भएका तथा आर्थिक रुपमा कमजोर परिवारहरुलाई उनिहरुको आयआर्जनमा सययोग पु¥याउने उद्देश्यले बाख्रा, कुखुरा वितरणको काम गरिरहेको छ । दशरथचन्द नगरपालिकाले ११ वटै वडामा वडा कार्यालयको सिफारिस अनुसार विपन्न परिवारको जिवीकोपार्जन होस भनेर निशुल्क बाख्रा, कुखुरा र पोलिहाउस वितरण गरिरहेको नगर उपप्रमुख कौशीला चन्दले बताउनुभयो । अनुदान पाउने किसानलाई बाख्रापालन र कुखुरापालन व्यवसायिक रुपमा दिर्घकाल सम्म गर्न उपप्रमुख चन्दले आग्रह समेत गर्नु भयो । संघीय विषेश आयआर्जन अनुदान कार्यक्रम अन्र्तगत नगरपालिकाले विपन्न परिवारहरुलाई सहयोग गरिरहेको हो । नगर उपप्रमुख चन्द वितरण कार्यक्रममा प्रत्यक्ष आफै उपस्थित भएर कार्यक्रमको बजेट अनुसारका बाख्रा कुखुरा छनकी छैनन् भनेर अनुगमन समेत गरिरहेका छन् ।

प्रतिक्रिया