२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

ट्याक्टर घरको छतमा खसेपछि....

SansherOnline SansherOnline
आइतबार १७, असार २०८१ ०७:२१
ट्याक्टर घरको छतमा खसेपछि....

बैतडी : बैतडीको मेलौलीमा घरको छतमा ट्याक्टर खसेको छ । मेलौली नगरपालिका ३ तल्खेत भन्ने ठाउँमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटना भएर छतमा खसेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

दुर्घटनामा दुई बालिका घाइते भएका छन् ।  घाइते हुनेमा स्थानीय ७ वर्षकी निकिता चन्द र ७ वर्षकी पूर्णिमा चन्द रहेका छन् । घाइते दुबैजनालाई उपचारको लागि .पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ ।

सडकमा ढुंगा लोड गरिरहेको बेला ट्याक्टर एक्कासी चल्न गएको हो । दुर्घटना भएको ट्याक्टर सडकबाट १०० मिटर तल धनी भट्टको घरमा खसेको प्रहरीले जनाएको छ । ट्याक्टरले घरमा समेत क्षति गरेको छ ।

चालक धनीराम डगौरालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया