२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

एसइईमा बैतडीका ३ हजार ३५ जना अनुत्तीर्ण, तर ज्ञानेश्वर नमुना मावि सतप्रतिशत सफल

SansherOnline SansherOnline
शुक्रबार १५, असार २०८१ ०५:३०
एसइईमा बैतडीका ३ हजार ३५ जना अनुत्तीर्ण, तर ज्ञानेश्वर नमुना मावि सतप्रतिशत सफल

बैतडी : माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बैतडीका १ हजार ५ सय ४१ विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । एसईई परीक्षाका लागि ५ हजार ८७ जनाले फारम भरेकोमा ४ हजार ८ सय ९४ जनाले परीक्षामा सहभागीता जनाएका थिए । ती मध्ये १ हजार ५ सय ४१ जनामात्र उत्तीर्ण भएका हुन् । 

प्रतिशतका आधारमा ३१.४९ प्रतिशत  उत्तीर्ण हुन् । भने परीक्षामा सहभागी भएका ३ हजार ३५ जना अनुत्तीर्ण भएको शिक्षक विकास तथा समन्वय इकाई बैतडीका स्रचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । प्रतिशतका आधारमा ६८.५१ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण हुन् । 

४ जिपिए अर्थात ए प्लस ल्याउने विद्यार्थी शून्य छन् । ३.६ देखिमाथि र ४ जीपीए भन्दा कम ल्याउने परीक्षार्थी १० जना रहेका छन् । ३.२ देखिमाथि ३.६भन्दा कम जीपीए ल्याउने परीक्षार्थीको संख्या १ सय ३२ रहेको छ । 

२.८ देखिमाथि  ३.२ भन्दा कम जीपीए ल्याउने परीक्षार्थीको संख्या ७ सय ११ रहेको छ भने २.४ देखिमाथि र २.८ भन्दा कम ल्याउने परीक्षार्थीको संख्या ६सय २९ रहेको छ । 
यस्तै परीक्षामा सहभागी भएका परीक्षार्थी मध्ये ५९ जनाले २.० देखि माथि २.४ भन्दा कम जीपीए ल्याएका छन् । 

बैतडी जिल्लाको नतिजा निकै निराशाजनक आएको अवस्थामा ज्ञानेश्वर नमुना माविले भने एसइई परीक्षामा निकै सन्तोसजनक नतिजा हात पारेको छ । 

परीक्षामा सहभागि हाजिर विद्यार्थीहरुमध्ये सबै परीक्षार्थी उत्तिर्ण भएको प्रद्यानाध्यापक पुष्पराज जोशीले जानकारी दिए । गैह्र हाजिर देखाएको विद्यार्थीहरुको सवालमा पनि आवश्यक प्रक्रियागत पहल भइरहेको विद्यालयले जनाएको छ ।  ३ जना विद्यार्थीलाई गैह्रहाजिर देखाएको छ ।  

 

प्रतिक्रिया