२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी आउदै गरेका एक जनाको बसमै मृत्यु

SansherOnline SansherOnline
बिहिबार १४, असार २०८१ ०९:४६
बैतडी आउदै गरेका एक जनाको बसमै मृत्यु

बैतडी : बैतडीका एक जना बसमा मृत भेटिएका छन् । कञ्चनपुरबाट बैतडी आउदै गरेको महाकाली यतायतको ना ४ ख ६३८४ नम्बरको बसमा सवार जिल्लाको दशरथचन्द नगरपालिकाका-९का ४२ वर्षीया कृष्णानन्द जोशी बसमै मृत फेला परेका हुन् । 

पाटनमा पुग्दा बेहोस  अवस्थामा भेटिएका जोशीलाई जिल्ला अस्पताल बैतडी पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

जोशी अत्तरीयाबाट बसमा चढेका थिए । बसका चालक र सहचाकलाई नियन्त्रणमा लिइएको र घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया