२०८१ माघ २३ गते बुधबार
ट्रेन्डिङ

एसईईकाे नतिजा तीन घण्टा बितिसक्दासमेत हेर्न नमिल्दा परीक्षार्थीलाई तनाव

SansherOnline SansherOnline
बिहिबार १४, असार २०८१ १२:२३
एसईईकाे नतिजा तीन घण्टा बितिसक्दासमेत  हेर्न नमिल्दा परीक्षार्थीलाई तनाव

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । 

यसैबीच नतिजा सार्वजनिक भएको तीन घण्टा बितिसक्दासमेत आइभीआर, एसएमएस र वेबसाइटमार्फत हेर्न नमिल्दा परीक्षार्थीलाई तनाव भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, नेपाल टेलिकमसहित विभिन्न संघसंस्थाको वेबसाइट, एसएमएस र आइभीआरमार्फत नतिजा हेर्न मिल्ने भनिएको थियो । प्राविधिक काम भैरहेकाले ढिला भइरहेकाे कार्यालयले जनाएको छ । 

प्रतिक्रिया