२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

एसईईको नतिजा आज आउँदै

SansherOnline SansherOnline
बिहिबार १४, असार २०८१ ०७:४०
एसईईको नतिजा आज आउँदै

माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा आज बिहान सार्वजनिक हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म सार्वजनिक गर्ने तयारी छ। हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक काम बाँकी भएकाले आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ।

गएको चैत १५ देखि २७ गतेसम्म भएको एसईई परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ विद्यार्थी सहभागी थिए। बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ। जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ। ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अङ्क ल्याउनुपर्छ। त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ।

प्रतिक्रिया