बैतडी : नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बैतडी जिल्ला कार्यसमिति विस्तार भएको छ । नेविसंघ बैतडीका अध्यक्ष बिरेन्द्र कुमार साउद (विपी) ले आज नेपाल विद्यार्थी संघ २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम नेविसंघ बैतडी जिल्ला कार्यसमिति विस्तार गरेका हुन् ।
अध्यक्ष साउदले ४ जना उपाध्यक्ष, ४ जना सचिव,१ जना काेषाध्यक्ष ८ जना सहसचिवसहित ५४ सदस्यीय कार्यसमितिमा मनोनीत गरेका छन् । कार्यसमिति सदस्य सबै भूगोल समेटेर बनाउने क्रममा ठूलो आकार भएको अध्यक्ष साउदले बताए । उनका अनुसारक्रियाशील विद्यार्थीहरु समेटिएको छ ।
शिक्षाको गुणस्तर संगै बिद्यालय क्याम्पस तहका समस्या समाधानका लागि नेबि संघको भुमिका महत्त्वपूर्ण हुनेनै छ।
प्रतिक्रिया