२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

बैतडीका पुर्चौंडी,सुर्नया पाटन शिवनाथ,दोगडाकेदारले ल्याए बजेट,कुनको कति ?

SansherOnline SansherOnline
मङ्गलबार १२, असार २०८१ ०८:५८
बैतडीका पुर्चौंडी,सुर्नया पाटन शिवनाथ,दोगडाकेदारले ल्याए बजेट,कुनको कति ?

बैतडी : बैतडीका स्थानीय तहले आगामी आर्थीक वर्षका लागी बजेट ल्याएका छन्। पुर्चौंडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।  नगर उपप्रमुख मीना धानुकले ६२ करोड ४ लाख ९९ हजार ५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी छन् ।  

सुर्नया गाउँपालिकाले पनि २०८१÷८२ का लागि ५१ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । पाटन नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि ६३ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । 

बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि ३५ करोड २३ लाख ३८ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।  सोमबार गाउँसभाको १३ औं अधिवेशनमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरिएको गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिए । 

यस्तै दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि ५१ करोड २० हजार पाँच सय रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष पार्वती कार्कीले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेकी हुन् । 

 

प्रतिक्रिया