२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

मेयरले रातो मसीले तोक लागेको सिफारिस वडाअध्यक्षले च्यातेर टुक्रा–टुक्रापछि,दानीरामको मन

SansherOnline SansherOnline
सोमबार ११, असार २०८१ ०७:३३
मेयरले रातो मसीले तोक लागेको सिफारिस वडाअध्यक्षले  च्यातेर टुक्रा–टुक्रापछि,दानीरामको मन

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका- ५ का दानीराम महरलाई नगरपालिकाबाट आर्थिक सहयोग ठुलो आशा थियो । त्यसैले उनले वडा कार्यालयमा आर्थिक सहयोगका लागि अनुरोध गरे ।

वडा कार्यालयले समेत उनको पारिवारिक अवस्था कमजोर भएकाले नियमानुसार सहयोगका लागि नगरपालिकामा सिफारिस गरे । मेयर पुष्करराज जोशी (लख्खाभाई) ले वडाको बजेटबाट तीन हजार दिनु भन्ने तोल लगाए । तर झिनो तीन हजार समेत दानीरामको हात परेन उल्टै उहाँको अनुरोधपत्र सिफारिस वडा अध्यक्ष केशवदत्त लेखकले च्यातिदिए ।

मेयरले रातो मसीले तोकादेश गरेको पत्रमात्रै च्यातिएन सहयोग पाउने आशमा बसेका दानीरामको मन पनि च्यातियो ।

धुजा-धुजा भएको पत्रका टुक्राहरु बोटलेका दानीरामले तीन हजारका लागि अपमान सहनुप¥यो । त्यो पनि आफैले चुनेका जनप्रतिनिधिहरुबाट ।

दानीराम मात्रै होईन् वडा नं. ५की हिरा दमाइको पत्र समेत टुक्रा–टुक्रा भयो उहाँ भन्नुहुन्छ, ‘म विपन्न परिवारकी एकल महिला हुँ, औषधीका लागि आर्थिक सहायताको आश्वासन पाएपछि सिफारिस मागेकी हुँ, सिफारिसमा मेयर सापले तोक लगाउनुभयो, सिफारिस र नागरिकता लगेर वडाअध्यक्षलाई पेश गर्दा नागरिकता फिर्ता दिनुभयो तर सिफारिस भने च्यातेर फाल्नुभयो, मैले केहि बोल्नै सकिन्, आखाँभरी आशुँ पारेर फर्किए, मेरो मात्रै नभई अरुका पत्रहरु पनि वडाअध्यक्षले च्यातिदिनुभयो ।’

आर्थिक सहयोगका लागि निवेदन दिने विपन्न दलीत समुदायका व्यक्तिहरु थिए । सिफारिसपत्र च्यातेको थाहा पाउने वित्तिकै दलीत समुदायको प्रतिनिधित्व गर्ने व्यक्तिहरु आक्राषित बनेका छन् । तत्कालै पत्रकार सम्मेलन आह्वान गरि दलितमाथी बेलाबेलामा भैरहने विभेदजन्य व्यवहार नसहने प्रतिक्रिया दिए ।

कार्यपालिका सदस्य प्रेम दयालले भने, ‘मेयरले तोक लगाएको कुनैपनि पत्र वडाअध्यक्षले च्यात्न पाइदैँन्, प्रयाप्त बजेट हुदाँहुदैँ दलित समुदायका व्याक्तिहरुलाई विभेदकारी व्यवहार देखाइयो, जब ति सातैजना बिपन्न नागरिकहरु रुदैँ घर फर्किए तब हामीले टुलुटुलु हेरेर बस्न सकेनौँ र वडाअध्यक्षको गैर जिम्मेवारीको प्रतिवाद गरेका हौँ ।’ वडाअध्यक्ष लेखकले सार्वजनिक ठाउँमा माफी माग्दै क्षतिपुर्ती उपलब्ध नगराए आन्दोलनमा उत्रिने र कानुनी कारवाहिको प्रक्रियामा जाने उहाँले बताउनुभयो ।

कार्यपालिका सदस्य कलावती लावडले यो बिषयको टुङ्गो नलगाउदाँ सम्म कार्यपालिकाका अन्य कार्यक्रम अघी बढाउन नदिने बताउनुभयो । वडा सदस्य देवराम लोहारले बेलाबेलामा गैर दलित जनप्रतिनिधिबाट दलित जनप्रतिनिधि हेपिदैँ आएकाले वडाअध्यक्षलाई कानुनी कारबाही गरिनुपर्ने माग राखे । नगर प्रमुखको तोक आदेश भएको पत्र च्यातेका अध्यक्षले गल्ती नगरेको जिकिर गरिरहेकाले यसको सत्यतथ्य पत्ता लगाई कारवाही गरिनुपर्नेमा कार्यपालिका सदस्य बिनोद लोहारको भनाई छ ।

वडाअध्यक्ष लेखकले पत्रकार सम्मेलनमा आफुले सिफारिस नच्यातेको बताएका छन् । उहाँले भन्नुभयो ‘उहाँहरुको अवस्था वास्तममै कमजोर छ, मैले पत्र च्यातेको छैन, मैले त सिफारिस गरेको हुँ । नगरपालिकाको कोषबाट रकम दिनुपर्नेमा वडाको विभिध शिर्षकबाट भुक्तानी दिनु भन्ने मेयरको तोकले वडा अध्यक्ष लेखक रिसाएको हुनसक्ने आकलन गरिएको छ ।

कार्यपालिका सदस्यहरुका अनुसार कार्यपालिका बैठकमा वडा अध्यक्षले आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । कार्यपालिका सदस्यहरुले पत्र च्यात्ने बेलाको सिसिटिभी फुटेज हेर्न दबाव दिइरहेकाछन् । उनिहरुले यो बिषयको टुङ्गो नलाग्दासम्म सोमबार हुने भनिएको नगरसभा हुन नदिने दबाव दिइरहेकाछन् ।
कार्यपालिका सदस्य दिनेश सिनालले कार्यपालिकामै पटकपटक जातीय विभेद सहेर बस्नुपर्ने अवस्था रहेको बताउनुभयो । उनले विगतमा सामन्ती व्यवस्था चलाएका व्याक्तिहरु जनप्रतिनिधि हुदाँ समेत सामन्ती पारा देखाइरहेको बताए । कार्यपालिका बैठक चलिरहेकै समयमा दलित सदस्यहरुले लेखकको हर्कतले उब्जीएको समस्या समाधान गरेपछि मात्रै बैठक अघि बढाउन माग गरेपछि केहि समय नगरपालिकामा तनाव श्रृजना भएको थियो ।

यो समस्याको उचित समाधान निकाल्ने मेयर ‘लख्खाभाई’ को भनाई छ ।

प्रतिक्रिया