२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

सिगास सरकारले ल्यायो ४५ करोड ४२ लाखको बजेट

SansherOnline SansherOnline
आइतबार १०, असार २०८१ ०८:४५
सिगास सरकारले ल्यायो  ४५ करोड ४२ लाखको बजेट

बैतडी : बैतडीको सिगास गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि ४५ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँसभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष धाना धामीले प्रस्तुत गरेर बजेट सभाबाट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 

गाउँपालिकाभित्रका सडकलाई स्तरोन्नती गर्ने कामलाई प्राथमिकता दिने, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई सुधार गर्ने, संस्थागत सुशासनको क्षेत्रलाई विस्तार गर्ने लगायतका योजनामा बजेट केन्द्रित रहेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । 

यस्तै शनिबार नै गाउँपालिका अध्यक्ष हरिसिंह धामीले सभामा पेश गरेको नीति तथा कार्यक्रम पनि पारित भएको छ । सिगास गाउँपालिकाको समग्र विकासका लागि नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष धामीले बताए । 

यस्तै गाउँसभामा चालु आर्थिक बर्षमा बिषयगत समितिहरुले गरेको कामहरुको प्रगति प्रतिवेदन पेश गरिएको थियो । यस्तै न्यायिक समितिले चालु आर्थिक बर्षमा सम्पादन गरेका कामहरुको प्रतिवेदनमा पनि सभामा पेश भएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । 
 

 

प्रतिक्रिया