२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

महाकालीमा डुबेर शिवनाथकी एक बालिकाको मृत्यु, अर्की बेपत्ता

SansherOnline SansherOnline
शनिबार ०९, असार २०८१ ०५:२६
महाकालीमा डुबेर शिवनाथकी एक बालिकाको मृत्यु, अर्की बेपत्ता

बैतडी : महाकाली नदीमा डुबेर बैतडीको शिवनाथकी एक बालिकाको मृत्यु भएको छ । घटनामा एक वेवत्ता छन् ।

मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका १ स्वालाकि १५ वर्षीया रजनी चाँड रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले बताउनुभयो।

शिवनाथ गाउँपालिका १ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेको केहीबेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले रजनीको मृत उद्धार गरेको थियो।

रजनीसंगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपता रहेकी छन्।

बेपत्ता अस्मिताको खोजी कार्य जारी रहेको छ। अस्मिताको खोजीका लागि स्थानीय बासिन्दासंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको प्रवक्ता पाण्डेले बताउनुभयो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया