२०८१ कार्तिक ०७ गते बुधबार
ट्रेन्डिङ

पाटनमा एक पुरुषको हत्या, शिक्षिका प्रहरी नियन्त्रणमा, शव पनि फेला

SansherOnline SansherOnline
सोमबार ०४, असार २०८१ ०५:५३
पाटनमा एक पुरुषको हत्या, शिक्षिका प्रहरी नियन्त्रणमा, शव पनि फेला

बैतडी :  बैतडीको पाटन नगरपालिका ६ का विरभान सिंह विष्टको शव फेला परेको छ। तीनदेखी बेपत्ता रहेका विष्टको शव सोमबार दिउँसो पाटन पञ्चेश्वर सडकखण्ड अन्तर्गत पर्ने घाङल खोलामा प्लास्टिकमा बेरेर फालेको अवस्थामा फेला परेको हो।

विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीया महिला भागरथी बिष्टको नाममा उजुरी दिएका थिए। त्यसपछि लगत्तै भागरथीलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिनुभयो। विरभानको मोबाइल समेत प्रहरी नियन्त्रणमा रहेकी महिला संग फेला परेको थियो। विरभान असार १ गतेदेखि बेपत्ता रहेका थिए। महिलाका श्रीमानको केही वर्ष अगाडि मृत्युु भएको बताइएको छ। घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ

प्रतिक्रिया