२०८१ माघ २३ गते बुधबार
ट्रेन्डिङ

बैतडीको एक भान्छा घरमा आगलागी

SansherOnline SansherOnline
बुधबार ३०, जेठ २०८१ ०९:३१
बैतडीको एक भान्छा घरमा आगलागी

बैतडी : बैतडीमा एक भान्छा घरमा आगलागी हुदाँ ६० हजार भन्दा बढीको क्षति भएको छ। पाटन नगरपालिका–४ स्थित बगाडीगाउँमा मंगलबार दिउँसो आगलागी भएको हो। 

घर बाहिर गौसालामा बालेको आगो सल्किँदा दुई तले ६ कोठे घर र कच्ची भान्छा घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । भान्छा घर पूर्ण रुपमा नष्ट भएको छ भने भित्र रहेका खाद्यान्न र भाँडाकुडा जलेर नष्ट भएका छन् । यस्तै आगलागीबाट घरमा आंशिक क्षति भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । 

एक गाई समेत जलेर घाइते भएको छ । स्थानीयहरु मिलेर आगो निभाएका थिए ।  

 

प्रतिक्रिया