दार्चुला : दार्चुलाका एक पुरुष बैतडीमा मृत फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय प्रेम धामी शनिवार हिजो दिउँसो मृत फेला परेको प्रहरीले जनाएको छ ।
बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएके छ । उनी सिदुर खोलाको बिचमा फेला बताइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालय बैतडीले जनाएके छ ।
प्रतिक्रिया