२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

पञ्चेश्वरमा विद्यार्थी संग अध्यक्ष कार्यक्रम सम्पन्न

SansherOnline SansherOnline
शनिबार २६, जेठ २०८१ ०८:२०
पञ्चेश्वरमा विद्यार्थी संग अध्यक्ष कार्यक्रम सम्पन्न

बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिकाले गाउँपालिकाका विद्यालयमा विद्यार्थी संग अध्यक्ष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबाट शिक्षामा गुणस्तरियता ल्याउने प्रतिवद्धता गरीएको छ ।

विद्यार्थीहरुको आवस्यकता, समस्या, पढाईको गुणस्तर र विद्यालयको शैक्षिक, भौतिक अवस्था, प्रत्यक विद्यालयमा गएर गाउँपालिका अध्यक्षले बुझ्नको लागि यो कार्यक्रम संचालन गरेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनु भयो ।

गाउँपालिकाकामा सबै वडाका ९ माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द आफै कार्यक्रममा उपस्थित भएर विद्यार्थीहरु संग प्रत्यक्ष विद्यार्थीहरुका गुनासा, आवस्यकता, विद्यालयको शैक्षिक भौतिक अवस्था बुझ्नुका साथै विद्यार्थीहरुलाई पढाई सम्बन्धि आवस्यक सुझाव समेत दिएका थिए ।

विद्यार्थीहरुसंगको यो कार्यक्रममा विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधार गर्नमा गाउँपालिकबाट गरिने सहयोगको लागि गाउँपलिका अध्यक्ष चन्दले प्रतिवद्धता गरे भने विद्यालयको आन्तरिक शैक्षिक गुणस्तर सुधारगर्नको लागि विद्यालयहरुले प्रतिवद्धता जनाएका छन् ।विद्यार्थी संग गाउँपालिका अध्यक्षको कार्यक्रमले विद्यार्थी, शिक्षक र विद्यालयको अवस्था बुझिनुका साथै विद्यालयको शैक्षिक प्रगतीमा पनि सहयोग पुग्ने भएकाले यो कार्यक्रम एकदमै प्रभावकारी रहेको सरोकारवालाहरुले बताएका छन् ।

सामुदायिक विद्यालयको अवस्था वुझ्न प्रत्यक्ष गाउँपालिका अध्यक्ष विद्यालयमा आफै उपस्थित भएर यसरी संचालन गरेको कार्यक्रम जिल्लाकै पञ्चेश्वर गाउँपालिका पहिलो हो । ९ दिन सम्म संचालन यो कार्यक्रम गाउँपालिकाका सबै वडाका माध्यमिक विद्यालयमा संचालन गरि सम्पन्न गरिएको कार्यक्रम सहजकर्ता राइजन राम सार्कीले बताउनु भयो ।

प्रतिक्रिया