२०८२ भदौ ३१ गते मङ्गलबार
ट्रेन्डिङ

नेविसंघ बैतडीमा दुई अध्यक्ष, संगठनमा मच्चियो रडाको

SansherOnline SansherOnline
बिहिबार २४, जेठ २०८१ ०६:५२
नेविसंघ बैतडीमा दुई अध्यक्ष, संगठनमा मच्चियो रडाको

बैतडी : बैतडीमा नेपाल विद्यार्थी संघका दुई  जना लाई जिल्ला अध्यक्ष तोकिएको छ। दिपेन्द्र बहादुर ढुङ्गाल र विरेन्द्र कुमार साउदलाई अध्यक्ष तोकिएको पाइएको हो।  

ढुङ्गाललाई नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बैतडीको नेविसंघ जिल्ला अध्यक्ष तोकेका छन् भने  साउदलाई कपिल केसीसहितले हस्ताक्षर गर्दै अध्यक्षको जिम्मेवारी दिएका छन्। 

अध्यक्ष शेर्पाले दिएको जिम्मेवारीको विरुद्धमा अर्को पक्षले विरेन्द्रलाई जिम्मेवारी दिइएको जनाएको छ। अधिवेशनकै मुखमा नेविसंघ बैतडीमा यस्तो रडाको मच्चिएको हो।

प्रतिक्रिया