२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

राष्ट्रिय महिला आयोगले गर्याे बैतडीमा अन्तरक्रिया

SansherOnline SansherOnline
बिहिबार २४, जेठ २०८१ ०६:१८
राष्ट्रिय महिला आयोगले गर्याे बैतडीमा अन्तरक्रिया

बैतडी : बैतडी राष्ट्रिय महिला आयोगले महिला हिसा अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनितिक क्षेत्रमा लागेका युवाहरु सङ्ग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पछिल्लो समय विभिन्न हिसा बडिरहेको बेला महिला हिसा को अवस्थापनी बिकराल्नै रहेकाले यस्लाइ न्यूनीकरण गर्नको लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय महिला आयोगकि अधिकृत सगिता थापाले बताउनु भयो ।

यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बैतडी का दिपक गिरिले पनि हिंसा कस्ता प्रकारका हुन्छ्न र हिंसा गर्दा हुने कानुनी कारबाहीको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

यो अन्तरक्रियामा आएका प्रसनलाइ समाधानको लागि आयोगमार्फत नेपाल सरकारलाई सिफारिस गरिने राष्ट्रिय महिला आयोगका सदस्य साबित्रा कुमारी शर्माले बताउनु भयो ।
आफ्नो क्षेत्रबाट महिला हिसा न्यूनीकरणका कार्यक्रम गरिरहेको नगरउप प्रमुख कौसिला चन्दले बताउनु भयो ।

प्रतिक्रिया